वीरगञ्जबाट जनकपुरधाम आउँदै गरेको बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये दुईको सनाखत (घाइतेको नामसहित)
टुडेपाटी–
जनकपुरधाम, चैत १३ गते ।
वीरगञ्जबाट जनकपुरधाम आउँदै गरेको बस सर्लाहीमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुईजनाको सनाखत भएको छ भने दुईजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आइतवार विहान करिब साढे ११ बजेको समयमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ स्थित पूर्व पश्चिम लोकमार्गको फुलजोर पुलबाट ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर खस्दा चारजनाको मृत्यु भएको थियो ।
दुर्घटनामा परेर भारतको वेतिया बेलसन्धि कोडार पिपरा पंचायत वस्ने २४ वर्षीय सुनिल यादव, सिन्धुलीको तिनपट्टा गाउँपालिका २ बस्ने ३० वर्षीया शर्मिला कार्की क्षेष्ठको मृत्यु भएको हो । त्यस्तै एक पुरुष र एक महिलाको सनाखत हुन सकेको छैन् ।
दुर्घटना पश्चात सबैलाई उपचारको लागि अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा परेर ३२ जना घाइते भएका छन् ।
Sponsored
घाइतेहरुको नामहरु यस प्रकार छ :
१) जिल्ला रौतहत चन्द्रपुर न.पा.-४ सन्त ब. जर्गामगरको छोरा वर्ष् २९को कुस बहादुर जर्गामगरको टाउकोमा चोट अवस्था समान्य मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको ।
२) जिल्ला सर्लाही लालबन्दी न.पा.-२ नवलपुर वस्ने जयराम बि.क.को श्रीमती वर्ष सम्झना खत्री दाहिने हात, कुम्भमा चोट अवस्था मध्यम । मोडेल अस्पताल ललाबन्दीमा उपचार भइरहेको ।
३) जि.महोत्तरी वर्दीबास न.पा.-५ माईस्थान वस्ने राजन श्रीमती वर्ष ५० की अम्बिका श्रेष्ठ छातिमा चोट अवस्था मध्यम मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको ।
४) जिल्ला सिन्धुलि तिनपाट्टा गा.पा.-२ नरहरी थापाको श्रीमती वर्ष ४२ की सवला थापा छातिमा चोट मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको
५) जिल्ला सिन्धुलि तिनपट्टा गा.पा.-२ वस्ने अर्जुन श्रेष्ठको छोरी ३ महिनाको अवासि श्रेष्ठ जिउमा चोट अवस्था ,मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको
६) जिल्ला महोत्तरी गौशाला न.पा.-१० वस्ने रुद्र बहादुर थापाको छोरा वर्ष १८ को सिरज कुमार थापा टाउकोमा चोट अवस्था मध्यम मोडेल अस्पताल लालबन्दीमा उपचार भईरहेको
७) जिल्ला सर्लाही ईश्वरपे न.पा.-८ वस्ने यसवर रामको छोरा वर्ष १८ को मन्तोष राम ढाडमा भित्री चोट अवस्था मध्यम मोडेल अस्पताल ललाबन्दी
८) जिल्ला सर्लाही लालबन्दी न.पा.-२ मनोज पासवानको श्रिमती वर्ष २५ की सावित्री पासवानको वाया खुट्टा र कम्मरमा चोट अवस्ता मध्यम ।मोडेल अस्पताल लालबन्दीमा उपचार भईरहेको
९) बस चालक जिल्ला बारा कलैया न.पा.-१२ वस्ने बनारसीलाल साहको छोरा वर्ष ४८ को ज्योति प्रसाद साह मोडेल अस्पताल ललाबन्दीमा उपचार भईरहेको । टाउको र ढाडमा चोट अवस्था मध्यम
१०) जिल्ला महोत्तरी बर्दिबास न.पा.- १२ सुकचन्द्र पासवानको छोरा वर्ष १९ को भरत पासवानको दाहिने हात र टाउकोमा चोट अवस्था सामान्य मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको ।
११,जिल्ला सर्लाही ला.न.पा.-९ वस्ने अं। बर्ष ७० की प्रेम कुमारी खत्री भित्रि चोट अवस्था गम्भिर टेक्सास अस्पताल लालबन्दिमा उपचार भइरहेको ।
१२) जि. धनुषा गणेशमानचारनाथ न.पा.-५ वस्ने वर्ष ३५ की शर्मिला ठकुरीको दाहिने हातमा चोट अवस्था मध्यम टेक्सास अस्पताल लालबन्दिमा उपचार भइरहेको ।
१३) जिल्ला धनुषा सवैला गा.पा.-२ वस्ने वर्ष ३३ को अमृत महतो दाहिने र कम्मरमा चोट अवस्था मध्यम टेक्सास अस्पताल लालबन्दिमा उपचार भइरहेको ।
१४) जिल्ला महोत्तरी लहरी गा.पा.- २ वस्ने वर्ष २६ को सोनेलाल महतो बाया हात, शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम टेक्सास अस्पताल लालबन्दिमा उपचार भइरहेको ।
१५) जिल्ला सर्लाही ईश्वरपुर न.पा.- १४ वस्ने वर्ष ५० को छविलाल महतो बाया आखा, दाहिने हातमा चोट अवस्था मध्यम टेक्सास अस्पताल लालबन्दिमा उपचार भइरहेको ।
१६) निजकै श्रीमती वर्ष ४४ की सुनैना देवी कोईरी जिउमा चोट अवस्था सामान्य टेक्सास अस्पताल लालबन्दिमा उपचार भइरहेको ।
१७) जिल्ला महोतरी वर्दीबास न.पा.-३ वस्ने वर्ष ६२ को बद्रि रायमाझि बाया खुट्टामा चोट अवस्था मध्यम टेक्सास अस्पताल लालबन्दिमा उपचार भइरहेको ।
१८) जिल्ला बारा बदलनगर गा.पा.- ९ वस्ने वर्ष १७ को भण्डारी राय दाहिने हातना चोट अवस्था मध्यम टेक्सास अस्पताल लालबन्दिमा उपचार भइरहेको ।
१९) जिल्ला महोत्तरी गौशाला न.पा.-१ वस्ने वर्ष २१ को अजय यादवको वाया हातमा चोट अस्था मध्यम टेक्सास अस्पताल लालबन्दिमा उपचार भइरहेको ।
२०) जिल्ला सर्लाही हरिपुर न.पा.-३ वस्ने वर्ष ३३ को शत्रूधन राम हातमा चोट अवस्था सामान्य गढिमाई अस्पताल लालबन्दिमा
२१) जिल्ला रौतहत चन्द्रपुर गा.पा.-१ वस्ने वर्ष ५८ को यज्ञशंकर काफ्लेको बाया आखामा चोट अवस्था गढिमाई अस्पताल लालबन्दिमा उपचार भइरहेको
२२) जिल्ला महोत्तरी सानुखरा गा.पा.-६ वस्ने वर्ष ४८ को मुन्ना राउत हातमा चोट अवस्थागम्भिरगढिमाई अस्पताल लालबन्दिमा काठमाण्डौ रिफर
२३) देश भारत हरिवन घुङघि बेच्ने वर्ष ३० को पुजा देवी औम्ला काटेको अवस्था सामान्य गढिमाई अस्पताल लालबन्दिमा उपचार भइरहेको
२४) जिल्ला सर्लाही बरहथवा न.पा.-१० वस्ने वर्ष २८ को कपलेश महतो जिउमा चोट अवस्था सामान्य गढिमाई अस्पताल लालबन्दिमा उपचार भइरहेको
२५) जिल्ला सर्लाही हजरीया न.पा.-२ वस्ने वर्ष २६ को कमल जर्गामगरको टाउकोमा चोट अवस्था गम्भिर गढिमाई अस्पताल लालबन्दिमा उपचार पश्चात बिरगंज रीफर
२६) जिल्ला पर्सा बिरगंज उपमहानगरपालिका -९ वस्ने पवन दनुवारको टाउकोमा , हातमा चोट अवस्था मध्यम गढिमाई अस्पताल लालबन्दिमा उपचार भइरहेको
२७) देश भारत घर भइ हाल हरिवनमा घुङघि बेच्न एको वर्ष ६० को सुसिला देवी आखामा चोट अवस्था सामान्य ।गढिमाई अस्पताल लालबन्दिमा उपचार भइरहेको
२८) जिल्ला बारा जितपुर न.पा-१ वस्ने वर्ष ११ को दिपक राय छातिमा चोट अवस्था मध्यम गढिमाई अस्पताल लालबन्दिमा उपचार बिरगंज रिफर
२९) जिल्ला पर्सा बिरगंज उपमहानगरपालिका-१८ वस्ने वर्ष ४१ को मुन्ना जैसवाल खुट्मा, अनुहारमा चोट अवस्था गम्भिर गढिमाई अस्पताल लालबन्दिमा बाट बिरगंज रिफर ।
३०) जिल्ला महोत्तरी घई भइ रौतहटमा विवाह भएको वर्ष २७ की रुपा थापा हात, अनुहारमा चोट अवस्था मध्यम गढिमाई अस्पताल लालबन्दिमा उपचार भइरहेको ।
३१) जिल्ला पर्सा बिरगंज उपमहानगरपालिका-६ वस्ने गोविन्द प्रसाद रौनियारको छोरा वर्ष ३२ को बिकाश रौनिया छाति र टाउकोमा चोट अवस्था मध्यम सुर्योदय अस्पताल लालबन्दीमा उपचार भइरहेको ,
३२) जिल्ला रौतहत गढिमाई न.पा.-१ वस्ने पुजेन्द्र कर्ण को छोरा वर्ष २१ को आषिश कुमार कर्ण टाउकोमा, भित्रि चोट अबस्था मध्यम गाँउ मैत्री अस्पताल लालबन्दीमा उपचार भइरहेको ।