मधेश प्रदेश : एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार एकको मृत्यु, पाँच जना घाइते
टुडेपाटी–
पर्सा, चैत १३ गते ।
पर्सामा एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार एकजनाको मृत्यु भएको छ ।
जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा चोकमा शनिबार राति एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
अन टेष्ट लेखिएको एम्बुलेन्सले ना २ ह २७६६ नम्बरको रिक्सालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर रौतहटको ब्रम्ह्पुरीका ४५ बर्षीय परिक्षण राउतको उपचारको क्रममा स्थानिय अस्पतालमा राती सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै वीरगन्ज महानगरपालिका–१६ रामटोलकी ३१ बर्षीया काजल देवी, २५ बर्षीय धुरेन्द्र राउत, ४१ बर्षीया मन्जुदेवी, १५ वर्षीय अनिकेत पटेल र १७ बर्षीया अंजली पटेलको वीरगंजस्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।
Sponsored
ठक्कर दिने एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।