जलेश्वरमा तीनवटा अवैध दारुभट्टी नष्ट
टुडेपाटी-
महोत्तरी, चैत १३ गते ।
अवैध घरेलु मदिरा उत्पादन गर्ने तीनवटा भट्टी महोत्तरी प्रहरीले नष्ट गरेको छ ।
जलेश्वर सदरमुकाममा संचालित तीनवटा अवैध दारु भट्टी अस्थाई प्रहरी पोष्ट जलेश्वर नगरपालीका र जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलिले नष्ट गरेको हो ।
जलेश्चर नगरपालिका २ बस्ने सुनिता महतो, लालबाबु महतो र गोपाल महतोले संचालन गरेको ३ वटा भट्टी भत्काएको हो ।
सो क्रममा उत्पादित मदिरा तथा कच्चा पदार्थ प्रहरीले स्थानीय जनप्रतिनिधि भरभलादमीको रोहबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Sponsored