TodayPati

मधेश प्रदेश : गृहमन्त्री आउने भएपछि सडक मर्मत गरिँदै

टुडेपाटी–
सप्तरी, चैत १० गते ।

वर्षौदेखि अलपत्र रहेको सडक गृहमन्त्री आउने भएपछि मर्मत गर्दैछ । गृहमन्त्री बालकृष्ण खाण आउने भएपछि तीन वर्षदेखि अलपत्रमा रहेको सडकको हतारहतारमा मर्मत गरिँदै छ ।

जिल्लाको बोदेबर्साइन नगरपालिकाको दुई पुलको उद्घाटन गर्न गृहमन्त्री आउने भएपछि हुलाकी सडक अन्तर्गगत बोदेबर्साइन बजारमा लगभग एक सय मिटर सम्पन्न हुन नसकेको सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीयले बताएका छन् ।

Sponsored

बोदेबर्साइन नगरपालिका–५ मा रहेको खडक नदी पुल, वडा नम्बर ३ कुश्मुहारको पुल र बलान बिहुल गाउँपालिका–१ मा रहेको बलान नदीको उद्घाटन गर्न गृहमन्त्री आउन लागेपछि सडक मर्मतसँगै सरसफाइ गरी चिटिक्क पारिँदै छ।

यही बाटोबाट प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरूको आगमन हुने भएकोले सडक मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीय उमेश साहले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *