TodayPati

जनयुद्ध र मधेश आन्दोलनका सहिद परिवारलाई आर्थिक सहयोग

टुडेपाटी–
जनकपुरधाम, चैत १० गते ।

जनयुद्ध तथा मधेस आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई मधेश प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।

बिहीबार महोत्तरीको खयरमारामा आयोजित एक कार्यक्रमबीच आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जनयुद्ध तथा मधेस आन्दोलनका १२ जना शहीद परिवारलाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गरेका छन् ।

Sponsored

मन्त्री साहले पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गरेका परिवारलाई तीन–तीन लाख रुपियाँ आर्थिक सहयोग गर्ने मधेश सरकारको निर्णयअनुसार पहिलो चरणमा एक–एक लाख रुपियाँ प्रदान गरिएको बताए ।

बाँकी रकम दोस्रो चरणमा प्रदान गरिने उनले जानकारी दिए ।

मधेस आन्दोलन, जनयुद्ध र अरु अधिकार प्राप्तिको आन्दोलनमा गरी यस प्रदेशमा ५४२ जनाले शहादत प्राप्त गरेको बताउँदै मन्त्री साहले क्रमिकरुपमा सबैलाई आर्थिक सहयोग प्रदान गरिने जानकारी दिए ।

Sponsored

मधेश सरकारले यसअघि मधेश आन्दोलनका शहीद परिवार र घाइतेलाई आर्थिक सहयोग गर्दैआएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *