सामीले गरे धनुषाको विभिन्न पालिकाका रोजगार संयोजकहरुसँग अन्तरक्रिया, साँझा बुँदामा सहमति
प्रतिभा झा–
जनकपुरधाम, चैत ९ गते ।
सुरक्षित आप्रवासन (सामी) परियोजनाले धनुषाको विभिन्न पालिकाका रोजगार संयोजकहरुसँग अन्तरक्रिया गरेको छ ।
मंगलवार मित्र धनुषाको सभाकक्षमा सामी परियोजनाले आयोजना गरेको रोजगार संयोजकहरु सँगको सहकार्य तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न साँझा बुँदामा सहमती भएको छ ।
अन्तरक्रिया कार्यक्रमबाट रोजगार सेवा केन्द्र र आप्रवासी श्रोत केन्द्रबीले स्वदेशमा रोजगारीको लागि उत्प्रेरणा गर्ने, रोजगार सेवा केन्द्रले वैदेशिक रोजगारीमा जाने तथा वैदेशिक रोजगारि बाट फर्केका व्यक्तिहरुलाई आप्रवासी श्रोत केन्द्रमा पठाउने र आप्रवासी श्रोत केन्द्रले नेपालमा रोजगारी गर्नेलाई रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न पठाउने, वित्तीय साक्षरता सहजकताले कार्यक्रमको बारेमा जानकारी रोजगार संयोजकलाई दिने तथा आवश्यक सहयोगको लागि अनुरोध गर्ने त्यसैगरी रोजगार संयोजकले एमआरसी संयोजक तथा वित्तीय साक्षरता सहजकर्तालाई रोजगारी सृजना सम्बन्धि कार्यक्रमहरुमा आमन्त्रण गर्ने सहित ९ बुँदे साझा सहमती भएको छ ।
कार्यक्रमको उदेश्य, एमआरसी को सेवा तथा प्रगतिबारे परियोजना संयोजक अनिरुद्ध मुखियाले प्रष्ट पारेका थिए । त्यस्तै सामी परियोजना बारे जानकारी, आगामी दिनहरुमा गरिने सहकार्य सम्बन्धि रणनीति तथा अन्तरक्रियाबारे सामी-हेल्भेटासका कार्यक्रम अधिकृत देवनारायण मण्डलले ब्रिफ गरेका थिए ।
सामी परियोजनाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धनुषाको विभिन्न पालिकाबाट रोजगार संयोजकहरु उपस्थित भएका थिए ।
Sponsored