वीरगञ्जका मेयर एमालेमा गएपछि राजेशमान सिंह जसपामा
टुडेपाटी-
वीरगञ्ज, चैत ७ गते ।
वीरगञ्ज महानगरपालिकाका मेयर नेकपा एमालेमा प्रवेश गरेपछि त्यहाँका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गरेका हुन् ।
पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले सिंहलाई टीका र माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
मधेस आन्दोलनको क्रममा सिंह वीरगञ्जमा नेतृत्व गर्ने नेता मध्येका एक हुन् ।
नेता सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले जाने तयारी गरेका थिए । तर एमालेले आफू भन्दा पहिले नै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि उनी असन्तुष्ट भएका थिए ।
Sponsored
जसपाका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले नेता सिंहलाई वीरगञ्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार घोषणा गर्न नेतृत्वसँग आग्रह गरेका छन् ।