TodayPati

जनकपुरधाममा मांस तथा मदिरा विक्री र सेवनमा रोक

टुडेपाटी–
जनकपुरधाम, चैत २ गते ।

जनकपुरधाम नगरक्षेत्रमा आगामी दुई दिन मांस तथा मदिराको विक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

बिहिवार मिथिला मध्यमा परिक्रमा यात्री जनकपुरधाम फर्कने र शुक्रवार अन्र्तगृह परिक्रमा गर्नेभएकाले जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको छ ।

Sponsored

बुधवार जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै चैत ३ र ४ गते सूर्योदयदेखि सूर्यास्तसम्मका लागि जनकपुरधाम क्षेत्रमा माँसमदिरा विक्रिवितरण तथा सेवन निषेधित गरिएको जनाएको छ ।

त्यस्तै प्रशासनले होली पर्व मनाउने नाममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारीसाधानबाट रकम असुल्नेजस्ता कार्य नगर्न सचेत गरेको छ ।

प्रजिअ सुरेन्द्र पौडेलले लागुऔषध, मदिरा, भांग अन्य उत्तेजक पदार्थ खाई सवारीसाधान चलाउन, हुलहुज्जत गर्न र चर्को स्वरमा बाजा बजाउन तथा डिजे सञ्चालन गर्न समेत प्रतिबन्ध लगाएको जनाए ।

Sponsored

May be an image of text

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *