TodayPati

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

टुडेपाटी–
काठमाडौं, चैत २ गते ।

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्ने भएको छ । भारतीय आयल निगमले नेपाल आयल निगमलाई मुल्य बढाएर रेट लिस्ट पठाएको छ ।

बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ ।

Sponsored

यससँगै आगामी १५ दिनमा करीब रू ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारतबाट मुल्य बढेर आएपनि नेपाल आयल निगमले हाल पेट्रोलिय पदार्थको मूल्य बढाएको छैन् ।

निगमले पछिल्लो पटक फागुन १९ मा मूल्य समायोजन गरेको थियो ।

Sponsored

रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेसनबाट बढेर मूल्य आएको निगमको भनाइ छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *