चपुरमा फेला परेको शंकास्पद बस्तु ईंटा
टुडेपाटी-
रौतहट, फागुन २८ गते ।
रौतहटमा फेला परेको शंकास्पद बस्च ईँटा भएको पुष्टि भएको छ ।
शनिवार चन्द्रनिगाहपुर गौर सडकखण्डमा चन्द्रपुर नगरपालिका मोथियाहीस्थित राजमार्गको बीचमा टालोले बेरेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि बिहान ६ बजेदेखि ९ बजेसम्म सवारी आगमन अवरुद्ध भएको थियो ।
सुरक्षाकर्मीले बिहानैदेखि सो सडकखण्डलाई नियन्त्रणमा लिएर आवतजावत बन्द गरेका थिए ।
सदरमुकाम गौरबाट बिहान १० बजे घटनास्थल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु ईंटा भएको पुष्टि गरेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।
Sponsored