मधेश प्रदेश : १२०० लिटर घरेलु मदिरा नष्ट
टुडेपाटी-
पर्सा, फागुन २८ गते ।
प्रहरीले पर्सामा अबैध घरेलु मदिरा नष्ट गरेका छन् ।
शनिबार बिहान पर्साको बीरगंज महानगरपालिका-१४ मा यात्रुवाहक बसबाट मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पथलैयाबाट आउदै गरेको सार्बजनिक यात्रु वाहक बसमा अवैध रुपमा ल्याउदै गरेको १२०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई कार्यालयमा ल्याइ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।