सर्लाहीमा कांग्रेसको नयाँ नेतृत्वको लागि आज मतदान हुँदै
टुडेपाटी-
सर्लाही,फागुन २८ गते ।
नेपाली कांग्रेस सर्लाहीको सभापति चयनका लागि आज मतदान हुँदैछ।
सदरमुकाम मलंगवास्थित पब्लिक माध्यमिक विद्यालय परिसरमा आज (शनिबार) बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।
नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन खेमाबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतर अर्थात शेखर कोइराला खेमाबाट लक्ष्मण राय प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
सिंह हालका उपसभापति हुन् भने राय पार्टीको पूर्व जिल्ला सभापति हुन् । सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुमा पनि दुवै पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
मतदान स्थलमा शनिबार बिहानैदेखि कांग्रेस नेता कार्यकर्ताहरुको भिड लागिसकेको छ। यसअघि फागुन २३ गतेको लागि तय भएको मतदान आजको लागि सारिएको हो।
Sponsored
सर्लाहीको २० वटा स्थानीय तहका २०० वटा वडाबाट छानिएर आएका ३ हजार २ सय ८७ जना क्षेत्रीय प्रतिनिधि मतदानमा सहभागी हुनेछन्।
बेलुका मतदान सक्किनासाथ मतगणना सुरु गर्ने गरी निर्वाचन जिल्ला निर्वाचन अधिकृत नागेश्वर सिंहले जानकारी दिए ।