मन्त्री साहले गरे सप्तरीमा सामुदायिक भवनको उद्घाटन
शुभ नारायण यादव–
सप्तरी, फागुन २६ गते ।
मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर साहले सप्तरीमा सामुदायिक भवनको उद्घाटन गरेका छन् ।
सामाजिक विकास मन्त्रालयद्वारा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १४ रम्पुरामा निर्मित सामुदायिक भवनको बिहिवार मन्त्री साहले उद्घाटन गरेका हुन् ।
सामाजिक विकास मन्त्रालय र मन्त्री साहको संयुक्त लगानीमा निर्मित उक्त भवनले रम्पुरा मल्हनिया लगायतका जनताहरुको सामुहिक कार्यमा कोशेढुगां सावित हुने मन्त्री साहले बताए ।