TodayPati

नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणको मतदान शुक्रवार हुने

टुडेपाटी–
जनकपुरधाम, फागुन २६ गते ।

नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणको मतदान शुक्रवार हुने भएको छ । बिहिवार हुने भनिएको मतदान शुक्रवारका लागि सारिएको हो ।

जिल्ला निर्वाचन अधिकृत अरुण ज्ञवालीले कांग्रेस धनुषाको अधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन (मतदान प्रक्रिया) को बिहीबार बिहान ८ बजेदेखि गर्ने सूचना प्रकाशन गरिएकोमा उम्मेदवारहरुको सहमति र सहकार्यको निर्णय अनुसार सभापति पदको दोस्रो चरणको मतदान शुक्रबार बिहान ८ बजेदेखि हुने जानकारी दिए ।

Sponsored

दोस्रो चरणको मतदानमा डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गर्ने निर्णय गरेको हो ।

पहिलो चरणको मतदानमा २ हजार ९१२ मत खसेकोमा योगेन्द्र पजियारले १ हजार २४८ मत ल्याएका थिए भने सभापतिका अर्का उम्मेदवार देउवा समूहका सन्तोष यादवले ८८२ र दिनेश प्रसैलाले ६३० मत प्राप्त गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *