TodayPati

मन्त्री महतोलाई भत्ताको पैसा दिएर घुस दिएको प्रचार गरेको आयुस इँटा उद्योगको स्पष्टोक्ति

टुडेपाटी-
जनकपुरधाम, फागुन २३ गते ।

सर्लाहीको आयुस इँटा उद्योगका संचालक आयुस महतले मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतोलाई १५ हजार घुस दिएको आरोपसहितको फोन रेकर्ड (कल रेकर्ड) दुईदिनदेखि चर्चामा छ ।

आरोपसहितको सो कल रेकर्ड समाजिक सञ्जालमा जनकपुरका मासका संयोजक सरोज मिश्रले राखेका थिए । जुन समाजिक संजालमा भाइरल भइरहेको छ । कतिपयले एक तर्फ कुरा गरेर मन्त्री महतोको बदनाम गरिरहेको टिप्पणी गरिरहेका छन् भने कतिपयले मन्त्रीले घुस लिएकै हुनु पर्ने टिप्पणी गरिरहेका छन् ।

Sponsored

कतिपयले यथार्थ कुरा बाहिर आउनु पर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग समेत गरेका छन् ।
तर, दुई दिन नबित्दै आयुष इटटा उद्योगका सञ्चालक आयुस महतले आफूले कुरै नबुझि घुस दिएको गलत प्रचार गरेको स्पष्ट पारेका छन् ।

उद्योगको स्विकृतीको क्रममा मन्त्री महतोलाई १५ हजार रुपैया घुस नदिएपनि गलत मनसायले आफ्नो सोझोपनको फाइदा उठाइएको उनको भनाई छ ।

किन सरोज मिश्रलाई मन्त्रीलाई काम बापत घुस दिएको भन्नु भो, अहिले कुरा फेर्नु हुन्छ भन्ने टुडेपाटीको प्रश्नमा आयुसले जवाफ दिए ‘सरोज मिश्रलेजीले फोन गर्नुभयो । मलाई कानको अलि प्रोबलेम छ । मैले केहि कुरै नबुझि १५ हजार दिएको भनदिएँ,’

Sponsored

उनका अनुसार प्रारम्भिक वातावरणिय परिक्षण प्रतिबेदन स्वीकृतीका लागि मन्त्रालयले गएको फागुन १३ गते बैठक बोलाएको थियो । सो बैठकमा खाना, खाजा तथा भत्ता मन्त्रीजीलाई दिएको उनले स्पष्ट पारे ।

अनि नबुझिकनै कसैको चरित्र हत्या गरिदिने प्रश्नमा आयुसले भने ‘गलती भयो ।’

यता सरोज मिश्रले मन्त्रीको दवावमा आयुसले बयान फेरेको दावी गरे ।

मन्त्रीको दवावमा कुरा फेर्नु भएको चर्चा छ नि, जिज्ञासमा आयुसले भने ‘मलाई कसैले दवाब दिएको होइन । मैले नबुझिकन भनेको थिए । अहिले सही कुरा बुझेर भनिरहेको छु ।’

यता मन्त्री महतोलाई घुस दिएको भनेर बदनाम गरि चरित्र हत्या गर्नेमाथि साइवर क्राइम र मानहानीको मुद्दा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले समेत घुस लिएको भनी दुष्प्रचार गरिएको भन्दै विज्ञप्ती जारी गरेको छ । ‘प्रस्तावक , कन्स्ल्ट्यान्ट र सरकारी निकायको तालमेल नमिलेर प्रतिबेदनको बिज्ञ समितिमा छलफल गरि स्वीकृत गर्ने कार्यमा कहिलेकाही ढिलाइ हुँदै गर्दाको अवस्थामा माननीय मन्त्री ज्युको ध्यानाकर्षण हुनु स्वभाबिक कुरो हो । सेवाग्राहीको कामकाज छिटोछरितो हुनु पर्छ भन्ने वहाँको सदैब मान्यता रहिआएको छ,’ मन्त्रालयका प्रवक्ता सुजित झाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘

प्रस्तावकसङ संघीय वन तथा वातावरण मन्त्रालयको आइ इ इ इआइएको बैठक सम्बन्धि कार्यबिधि २०७८ ले तोके बमोजिमको नियमानुसारको कार्यालय समय बाहेकको समयमा सहभागी विज्ञ सहितको सुझाव समितिको बैठक भत्ता र खाजा बाहेकका कुनै पनि रकम माननीय मन्त्रीज्युले निर्देशन नगरेको हुनाले समाजिक संजालमा रहेको भ्रामक, कपोल्कपित अडियो रेकर्डमा कुनै सत्यता नरहेको ब्यहोरा हार्दिक अनुरोध गर्दछु ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *