TodayPati

काँग्रेस धनुषा अधिवेशन : सभापतिको लागि भोलि फेरि मतदान, पजियार र यादवबीच प्रतिष्पर्धा हुने

टुडेपाटी

जनकपुरधाम, फागुन २४ गते ।

नेपाली काँग्रेसको १४ औं धनुषा जिल्ला अधिवेशन अन्तर्गत सभापतिको लागि फेरि मतदान हुने भएको छ ।

Sponsored

सोमबार पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि पुनः दोस्रो चरण मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

मंगलबार अबेर राति आएको मतगणना परिणाम अनुसार सभापतिका उम्मेदवार योगेन्द्र पजियारले सर्वाधिक १२४८ मत ल्याएका छन् ।

त्यस्तै सन्तोष यादवले ८८२ र दिनेश प्रसाद प्रसैला यादवले ६३० मत ल्याएका हुन् ।

Sponsored

धनुषामा जम्मा ३ हजार ११९ मतदा रहेकोमा पहिलो चरणमा २९१८ मत खसेको थियो । जस मध्ये १५८ मत बदर भएको थियो ।

पहिलो चरणमा तीनै जना उम्मेदवार मध्ये कसैले ५१ प्रतिशत मत ल्यान सकेनन् । काँग्रेसको विधानमा सभापतिले ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ ।
अब दोस्रो चरणको निर्वाचनमा सभापतिको उम्मेदवार प्रसैला आउट भएका छन् ।

अब पजियार र यादवबीच प्रतिष्पर्धा हुने छ ।

पजियार विमलेन्द्र निधि समूहका उम्मेदवार हुन् । यादव संस्थापन पक्ष र प्रसैला शेखर कोइराला समूहका उम्मेदवार थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *