TodayPati

मधेश प्रदेश : फेसबुकमा प्रेममा परेर विवाह, अर्को विवाह गर्न पहिलो श्रीमतीको हत्या

टुडेपाटी–
जनकपुरधाम, फागुन २२ गते ।

सिरहामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा प्रेममा परेर मन्दिरमा विवाह गरेका युवकले अर्को विहे गर्नका लागि पहिलो श्रीमतीको हत्या गरेका छन् ।

Sponsored

प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ७ का २३ वर्षीय अमर राउतलाई २२ वर्षीया श्रीमती पुजा सिंह भन्ने पुजा कुमारी पोदारको हत्या गरेको आरोपमा पक्राउ गरेका छन् ।

गत मंगलवार कर्जन्हा नगरपालिका वडा नं. ७ स्थित कमला नदि किनारको बाँस घारीमा काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नं. २० जैशिदेवलकी २२ वर्षीया पुजाको शव फेला परेको थियो । यस घटनाको अनुसन्धानको क्रममा मृतककी श्रीमान अमरलाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

बैदेशिक रोजगारीको क्रममा कतारमा रहेको समय अमर पुजासँग प्रेममा परेका थिए । कानूनको विद्यार्थी रहेकी पुजा ल फर्ममा काम गर्दै आएकी थिईन् । पुजा र अमरको फेसबुकमा चिनजान भई एक वर्षदेखि नियमित सम्पर्कमा रहेका थिए । अमर माघ १३ गते नेपाल फर्केपछि २७ गते काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका थिए । विवाह गरेर दुबैजना काठमाडौं बाफलमा छुट्टै कोठा भाडामा लिई बस्दै आएका थिए ।

Sponsored

विवाह गरेर अमरले आफ्नो घरमा कुराकानी गर्दा घरपरिवारले स्विकार नगरेपछि घरपरिवारलाई मनाउन घर आएका थिए । तर घर आएपछि पूनः नफर्केपछि पुजा फागुन १६ गते अमरलाई खोज्दा खोज्दै सिरहाको बस्तिपुर चोकमा पुगेका थिए ।

सिरहा पुगेकी पुजा श्रीमानलाई आफु आएको जानकारी गराएपछि अमरले आफु बाहिर रहेकोले साँझमा लिन आउने जानकारी गराएका थिए ।

अमरले पुजा आफुलाई खोज्दा खोज्दै आएपछि आफ्नो साथीहरुसँग सल्लाह गरेर हत्याको योजना बनाई बस्तिुपुर चोकमा पुगेर अमरले घर लैजाने बहानामा पुजालाई कमला नदिको किनारमा एकान्त स्थलमा लगि साथीहरुसँग मिलेर घाँटी थिची हत्या गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता बुढाथोकीले बताए ।

फेसबुकमा प्रेममा परेर विवाह गरेका युवकले घर परिवारलाई मनाउन आएकोमा अमरकै सहमतीमा असन्तुष्ट परिवारले धनुषाकी युवतीसँग अर्को विवाह तय गरेका थिए । तर पुजा अचानक आएपछि विवाहमा असर पर्ने देखेर अमरले आफ्नो साथीहरुसँग मिलेर पुजाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस घटनामा अमर पक्राउ परेपनि अन्य संलग्न व्यक्तिाहरु अहिले फरार रहेका छन् । फरारहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *