TodayPati

जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय आवश्यक : मुख्यमन्त्री राउत

टुडेपाटी–
जनकपुरधाम, फागुन २२ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय आवश्यक रहेको बताएका छन् ।

महोत्तरीको बर्दीवासमा आयोजित स्थानीयतहहरुका लागि नवप्रवर्तन साझेदारी कोष (आइपीएफ) कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य नभए सम्म विकास र समृद्धि सम्भव नरहेको बताए ।

Sponsored

जनताको आवश्यकता र मनोभाव बुझने जनप्रतिनिधि एवं कार्यान्वयन प्रक्रियाका जानकार कर्मचारीहरुबीच तालमेल भए मात्रै प्रदेशले विकास र सुशासनमा फडको मार्न सक्ने बताए ।

स्थानीय तहहरुको आर्थिक सबलीकरणका लागी सरकारले ल्याएको नवप्रवर्तन साझेदारी कोषले विकासका र सुशासनका साथै तीन्र तहका सरकारबीच समन्वय र सहकार्यको कोशेढुंगा सावित हुने विश्वास उनले व्यक्त गरे ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका निर्देशक एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शिवनाथ पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महोत्तरी, धनुषा, सिरहा र सप्तरीका स्थानीयतहका प्रमुख , उपप्रमुख, कार्यकारी अधिकृत, योजना शाखाका प्रमुख सहितको सहभागिता रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *