मधेश प्रदेश : मोटरसाइकल चोरी भएको आठ घण्टामै चोर पक्राउ
टुडेपाटी–
सर्लाही, फागुन १५ गते ।
सर्लाहीमा मोटरसाइकल चोरी गर्ने दुईजना युवक पक्राउ परेका छन् ।
गएराति करिब पौने एक बजे चोरी भएको मोटरसाइकल आइतवार विहान करिब ८ बजे चोर सहित बरामद भएको छ ।
गएराति सर्लाहीको बाग्मती नगरपालिका–९ स्थितबाट ज ६ प २६०४ नम्बरको मोटरसाइकल हराएको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा सोही वडाको शंकरपुरको जङगलमा लुकाई राखिएको अवस्थामा मोटरसाइकल सहित दुईजनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय बिनोद महत्तो र १८ वर्षीय अनिल कुमार यादब रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Sponsored