मधेश प्रदेश : लागुऔषध गाँजा सहित दुईजना पक्राउ
टुडेपाटी–
सर्लाही, फागुन १५ गते ।
सर्लाहीबाट लागुऔषध गाँजा सहित दुईजनालाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको ब्रहम्पुरी गाउँपालिका–४ का २० वर्षीय तमने साह र १८ वर्षीय मोहम्द शेराज रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।
शनिवार राति सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानी नहर स्थितमा नवलपुर बाट मलगवा तर्फ जादै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई प्रहरीको गस्ति टोलीले चेकजाचँ गर्दा चामलको सेतो बोरा भित्र लुकाई छिपाई राखेको ९ केजी ४ सय ग्राम लागुओषध गाँजा बरामद भएको सर्लाही प्रहरीले जनाएका छन् ।