TodayPati

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर अढाई लाख घुससहित अख्तियारको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, फागुन १५ गते ।

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल अढाइ लाख घुससहित अख्तियारको फन्दामा परेका छन् ।

ख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट खटेको टोलिले दुई लाख ५० हजार रुपैयाँका चेकसहित मेयर पटेललाई आइतबार पक्राउ गरेको हो ।

Sponsored

डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलिले मेयर पटेललाई उनकै कक्षबाटै रङ्गे हात पक्राउ गरेको श्रोतले जनाएको छ।

मेयर पटेल सहित योजना, लेखापाल र मेयरका पिएसहित अदुवाको टोलिले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको स्रोतको भनाइ छ।

देवाही नगरपालिकाको वरिपरि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ नगरपालिका भित्र टोलीले सोधपुछ गरिरहेको बुझिएको छ। थप बिवरण आउन बाँकी छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *