महोत्तरीको मटिहानीमा फेला परेको शंकास्पद बस्तु डिस्पोज
टुडेपाटी–
महोत्तरी, फागुन १४ गते ।
महोत्तरीको मटिहानी नगरपालिकामा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेका छन् ।
प्रेसर कुकरभित्र बम जडान गरिएको हुनसक्ने आशंकामा स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
महोत्तरीका प्रहरी प्रमुख कृष्ण प्रसाद पंगेनीले रणभीम गण जलेश्वरको डिस्पोज टोलीले उक्त शंकास्पद वस्तुलाई खाली ठाउँमा लगेर सुरक्षित तबरले डिस्पोज गरेको जानकारी दिए ।
कोही कसैलाई डर देखाउन वा तर्साउन उक्त वस्तु राखेको पाइएको महोत्तरी प्रहरीले जनाएको छ । कसले र किन राख्यो भन्ने विषय खोजबिनकै क्रममा रहेको एसपी पंगेनीले बताए ।
शनिबार मटिहानी नगरपालिका कार्यालय धिरापुरको अगाडि शंकास्पद वस्तु फेला परेको थियो । फेला परको ४ घण्टापछि सेनाले सो वस्तु डिस्पोज गरेको छ ।
Sponsored