भिरबाट लड्दा सर्लाहीमा एक महिलाको मृत्यु
टुडेपाटी–
सर्लाही, फागुन १३ गते ।
सर्लाहीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको लालबन्दी नगरपालिका–१४ की ५५ वर्षीया मुसङमाया तामाङको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
बिहिवार साँझ भिरबाट लडेकी महिलालाई उपचारको लागि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Sponsored