जिल्ला प्रशासन कार्यालयमा धनुषामा लगाइएको आलोपालो सेवा हटयो
टुडेपाटी-
जनकपुरधाम, फागुन १३ गते ।
धनुषामा कोरोना संक्रमण घटदै गएपछि जिल्ला प्रशासन कार्यालयले आलोपालो सेवा हटाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सेवाग्राहीको स्वास्थ्य सुरक्षा र कोभिड-१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयमा लगाइएको आलोपालो सेवा हटाएको बताए ।
जिल्ला प्रशासनले कोरोना संक्रमण बढदै गएपछी प्रदान गर्दै आएको सेवाहरुलाई स्थानीय तह (पालिका) अनुसार आलोपालो गरी मिलाइएको थियो ।
अहिले कोभिड-१९ संक्रमण दर घट्दै गइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुँदै आएको सेवाहरु फागुन १५ गते देखि नियमित रुपमा प्रदान हुने र पालिका अनुसारको आलोपालो सेवा प्रवाह हटाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
कोभिड-१९ संक्रमण पूर्ण रुपमा नहटिसकेको हुँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न उनले अनुरोध समेत गरे ।
Sponsored