सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित
टुडेपाटी–
काठमाडौँ, फागुन १३ गते ।
सरकारको आग्रहमा प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको छ ।
शुक्रवार एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका एक अधिकारीले बताए ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा बैठक सार्नका लागि आग्रह गरेको हुँदा बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।