TodayPati

सर्लाहीमा क्रसर उद्योगमा आगलागी, लाखौँको क्षति

टुडेपाटी–
सर्लाही, फागुन १३ गते ।

सर्लाहीमा क्रसर उद्योगमा आगलगी हुँदा लाखौँको क्षति भएको छ ।

जिल्लाको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित क्रसर उद्योगमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको जिल्ल प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

गएराति सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जल्दा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *