सदा परिवारलाई नगद सहित राहत वितरण
शुभ नारायण यादव–
सप्तरी, फागुन ९ गते ।
एकिकृत प्रगतिशिल ईन्जिनियर समूहले सप्तरीको राजविराज नगरपालिकामा दलित वस्तिमा राहत वितरण गरेको छ । राजविराज–१२ नवटोल सिंगियौन सदा टोलमा समूहले राहत वितरण गरेको छ ।
करिब एक साता अघि यस टोलमा समान्य विषयलाई लिएर दलित–दलितबीच झै–झगडा हुँदा स्थानीय हरिदेव सदाको मृत्यु भएको थियो ।
मृतक सदाको ६ जना छोरा छोरी रहेको र उनको परिवारको आर्थिक स्थिती एकदमै कमजोर रहेकोले जसपा सप्तरीका जिल्ला नेता लक्ष्मन यादवको पहलमा सो राहत वितरण गरेका हुन ।
नेपाल ईन्जिनियरिंग समाजका केन्द्रीय सह अध्यक्ष एवम एकिकृत प्रगतिशिल ईन्जिनियर समूहबाट एनइए चुनावमा केन्द्रबाट केन्द्रिय सदस्य पदको उम्मेदवार ई संजिव नारायण यादवको नेतृवमा मृतक परिवारलाई चामल, दाल, तथा तरकारी लगायतका सामग्री सहित २ हजार ५ रुपैयाँ नगद हस्तान्तरण गरिएको हो ।
Sponsored