TodayPati

लोक सेवा आयोगका परीक्षा स्थगित

टुडेपाटी–
काठमाडौँ, फागुन ९ गते ।

लोकसेवा आयोगको विभिन्न तहको परीक्षा स्थगित भएको छ ।

माघ २६ गते सर्वोच्च अदालतबाट जारी आदेशको कार्यान्वयन गर्ने सिलसिलमा प्राविधिक तर्फको शाखा अधिकृत, स्वास्थ्यको सातौँ र आठौँ र नासु तर्फको अप्राविधिक परिक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको आयोगका उपसचिव एक नारायण शर्माले जानकारी दिए।

Sponsored

आयोगले फागुन १३ गतेदेखि इन्जिनियरिङ, कृषि, वन, विविध, शिक्षा र संघीय संसदतर्फ अधिकृत तृतीयको परिक्षा लिने निर्धारण गरेका थियो ।

स्वास्थ्य तर्फको सातौँ र आठौँ तहको परिक्षा आउँदो वैशाख २ गतेदेखि हुने निर्धारण भएको थियो।

त्यस्तै आयोगले नासुको परिक्षा वैशाख ५ गतेदेखि गर्ने तयारी गरेको थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *