मधेश सरकारले देशकै सबैभन्दा होचो क्षेत्रमा भ्यु टावर बनाउने
टुडेपाटी–
जनकपुरधाम, फागुन ९ गते ।
मधेश सरकारले देशै सबैभन्दा होचो रहेको मुखियापट्टी मुसहरनियाँमा भ्युटावन बनाउने भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा भ्युटावर बनाउनका लागि अध्ययन थालेको छ ।
मन्त्रालयले भ्यु टावर लगायत पिकनिक स्पोर्टको रूपमा मुसहरनियालाई विकास गर्नका लागि अध्ययन थालेको छ ।
यसका लागि सोमबार प्राबिधिक टोली सहित पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव लगायतका ब्यक्तिहरुले सम्भाव्यता अध्ययनका लागि सो क्षेत्रको अनुगमन निरिक्षण गरेका छन् ।
Sponsored