TodayPati

सप्तरीको सप्तकोशी नगरपालिकामा लगाइएको ताला तोडेपछि झडप, वडाध्यक्ष सहित दुईजना घाइते

टुडेपाटी–
सप्तरी, फागुन ८ गते ।

सप्तरीको सप्तकोशी नगरपालिकामा लगाइएको ताला तोडपछि झडप हुँदा वडाध्यक्ष सहित दुई जना घाइते भएका छन् ।

विभिन्न ४ राजनीतिक दलले सप्तकोशी नगरपालिकामा लगाएको ताला तोडेपछि आइतवार झडप भएको हो ।

Sponsored

बिहिवार विभिन्न ६ बुँदे माग सहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । नगरपालिकाका जनप्रतिनिधिले शुक्रबार ताला खोलेर काम सुरु गरेपछि झडप भएको हो ।

आइतबार चार दलका कार्यकर्ताले पुनः ताला लगाउन खोजेपछि प्रहरीसँग झडप भएको हो । झडपका क्रममा सप्तकोशी नगरपालिका–४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी र वडा नम्बर ९ का किसुन यादव घाइते भएका छन् । घाइते भएका दुबैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आर्थिक वर्ष २०७८÷७९ का नगरभित्रका सबै वडाका योजना कार्यान्वयन गर्नुपर्ने, बेरुजुको विवरण र आन्तरिक लेखा परीक्षणको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै चार दलले नगरपालिकामा तालाबन्दी गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *