मधेश प्रदेश : झण्डै चार किलो चरेस बरामद
टुडेपाटी–
वीरगञ्ज, फागुन ३ गते ।
सशस्त्र प्रहरीले पर्साको वीरगञ्जबाट झण्डै चार किलो चरेस बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वा गाउँदेखि भारततर्फको अहिर्वा गाउँ जाने सडकमा सशस्त्र प्रहरीले अपरिचित व्यक्तिले फालेको झोला खोलेर हेर्दा तीन किलो ९०० ग्राम चरेस फेला पारेको हो ।
सशस्त्र प्रहरी बल १३ नं गणबाट खटिएको प्रहरी टोलीले चेकप्वाइन्ट राखेको देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका एक जनाले तरकारी बोक्ने झोला फालेर भागेका थिए ।
झोला चेकजाँच गर्दा टेपले बेरिएको तीन किलो ९०० ग्राम चरेस फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले बताए ।
आवश्यक कारबाहीको जिल्ला प्रहरी कार्यालय पर्सामा चरेस बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Sponsored