टी–२० वरीयतामा नेपालको अवस्थ खस्कियो
टुडेपाटी–
काठमाडौं, फागुन ३ गते ।
टी–२० वरीयतामा नेपालको अवस्था खस्किएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयता क्रम अनुसार नेपाल १ स्थान तल झरेर १३ औं स्थानमा पुगेको हो। यसअघि नेपाल १२ औं स्थानमा कायम रहेको थियो ।
सोमबार ओमानमा सम्पन्न चारदेशीय टी–२० सिरिजमा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो ।
नेपालले पहिलो म्याचमा घरेलु टोलीलाई हराए पनि त्यसपछि कुनै म्याच जितन सकेन् ।
अन्तिम खेलमा सोमबारको आयरल्याण्डसँग पराजित भएपछि नेपाल वरियतामा खस्किएको हो।
Sponsored
यस्तै सिरिजको उपाधि जितेको यूएईले आइसिसी वरीयतामा नेपाललाई पछि पार्दै १२औं स्थानमा उक्लेको छ।
एसोसिएटबाट सबैभन्दा अगाडि रहेको युएईले १८७ रेटिङ पाएको छ। यस्तै नेपालले १८६ पाउँदा नेपालपछि १४ औं स्थानमा रहेको स्कटल्याण्डले १८५, १५औं स्थानमा रहेको आयरल्याण्डले १८४ रेटिङ पाएको छ।