TodayPati

राजविराजको वडा कार्यालयमा लगाइएको ताला खुल्यो

शुभ नारायण यादव-
सप्तरी, फागुन २ गते ।

सप्तरीको राजविराज नगरपालिकाको वडा कार्यालयमा लगाइएको ताला खुलेको छ ।

विकास निर्माणकार्यमा ब्यापक अनियमितता भएको भन्दै आन्दोलन संघर्ष समितिले वडा नं. १६ बोरिया कार्यालयमा अनिश्चितकालीन ताला लगाएको थियो । सोमवार भएको सर्वपक्षीय बैठक पश्चात वडा कार्यालयमा लगाइएको ताला खोलिएको छ ।

Sponsored

मेयर शम्भु प्रसाद यादवको रोहवरमा भएको सर्वपक्षीय छलफलबाट ताला खोलिएको संघर्ष समितिका अध्यक्ष राम लखन यादवले जानकारी दिए ।

वडामा भइरहेको बिकास निर्माण कार्य पारदर्शी हुनुपर्ने तथा बिकास निर्माणको काममा भएको अनियमितता बिरुद्ध संघर्ष समिति गठन गरि बिकास निर्माणका लागि वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको थियो ।

सर्वपक्षीय बैठकबाट १५ सदस्यीय अनुगमन समिति समेत गठन गरिएको हो ।

Sponsored

वडा कार्यालयमा तालाबन्दी हुदा वडाका हजारौं सेवाग्राहीहरुको दैनिक काम प्रभावित हुँदै आएको थियो ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *