TodayPati

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उद्घाटन

टुडेपाटी–
जनकपुरधाम, फागुन २ गते ।

जनकपुरधामस्थित मुजेलियामा स्थापना गरिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन् ।

विगतमा संघ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेश मातहतमा आएपछि गत पुस २८ गते प्रदेश सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको थियो ।

Sponsored

मुख्यमन्त्री राउतले मधेश प्रदेशमा सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

जनकपुरधामस्थित मुजेलियामा स्थापना गरिएको यस कार्यालयमा प्रदेशका जनप्रतिनिधिदेखि यहाँका कर्मचारी समेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिवृद्धि गर्ने बताइएको छ ।

यो निर्देशनालय मुख्यमन्त्री कार्यालयको मातहतमा रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *