प्रेस चौतारी नेपाल धनुषाको अध्यक्षमा पुनः अवधेश कामत
टुडेपाटी–
जनकपुर, माघ २५ गते ।
प्रेस चौतारी नेपाल धनुषाको अध्यक्षमा पुनः अवधेश कामत चयन भएका छन् ।
मंगलबार जनकपुरधाममा प्रेस चौतारी नेपाल धनुषाको भएको ९ औँ जिल्ला अधिवेशनबाट कामतको अध्यक्षतामा नौ सदस्यीय समिति चयन गरिएको हो ।
त्यस्तै उपाध्यक्षमा ललनकुमार साह, सचिवमा जिवय जयसवाल, सहसचिवमा शंकर थापा र सुनिलकुमार साह, कोषाध्यक्षमा ज्ञानेन्द्रकुमार ठाकुरलाई सर्वसम्मत चयन गरिएको छ ।
सदस्यहरुमा चित्र श्रेष्ठ, सन्तोष मिश्र र प्रिय कर्णलाई चयन गरिएको छ ।
प्रेस चौतारीका मधेश प्रदेश संयोजक फणि महतले चयन भएका पदाधिकारीसहितकालाई सपथ ग्रहण गराएका हुन् ।
Sponsored
त्यस्तै यस अधिवेशनबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा जगदिश साह र गणेश खरेललाई चयन गरिएको छ भने प्रदेश अधिवेशन प्रतिनिधिमा भगलु मण्डल र जीवनारायण झालाई चयन गरिएको छ ।