TodayPati

बुधबार बोलाइएको प्रतिनिधि सभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित

टुडेपाटी-
काठमाडौं, माघ २५ गते ।

बुधबार बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । सत्तारुढ दलमा एमसीसी विवाद बढेपछि भोली बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।

संसद् सचिवालयका अनुसार बैठक आगामी फागुन २ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ।

Sponsored

अमेरीकाले एमसीसी संसद्बाट अनुमोदन गर्नका लागि दिएको डेडलाइन सकिन लाग्दा सरकार त्यसलाई संसद्बाट पारित गर्न दबाबमा रहेको छ । तर सत्तारुढ दलमा नै एमसीसी पारित गर्ने विषयमा मतभेद हुँदा एमसीसी सम्झौता थप गिजोलिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *