मधेश प्रदेश : अस्पतालको बाथरुममा अचेत अवस्थामा रहेका युवक लागुऔषध सहित पक्राउ
टुडेपाटी–
सर्लाही, माघ २५ गते ।
सर्लाहीमा अस्पतालको बाथरुममा अचेल अवस्थामा रहेका युवक लागुऔषध सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ९ का २५ वर्षीय सुमित गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोमबार साँझ ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले लागूपदार्थको रूपमा प्रयोग हुने ईन्जेक्शनमा हाल्ने ३ प्रकारको एम्पुल सहित गुरुङलाई नियन्त्रणमा लिएको छ ।
अस्पतालको बाथरुममा युवक अचेत अवस्थामा लडिरहेको सूचनापछि पुगेको प्रहरी टोलीले उनको साथबाट ८ एम्पुल नोर्फीन, ९ एम्पुल लाबोरेट र ९ एम्पुल फेनार्गन बरामद् गरेको हो ।
Sponsored