TodayPati

कोरोना संक्रमणबाट रौतहटका एकजनाको मृत्यु

टुडेपाटी–
पर्सा, माघ २२ गते ।

कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।

रौतहटको माधवनारायण नगरपालिका वडा नं. १ का ७० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो।

Sponsored

अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले शनिबार विहान उपचारको क्रममा पुरुषको मृत्यु भएको बताए। शुक्रबार अस्पतालमा भर्ना भएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोनाबाट मृत्यु भएका पुरुष पहिलेदेखि मुटुका बिरामी थिए। उनले कोरोनाविरुद्धको भेरोसेल खोपको दुबै मात्रा लिएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *