TodayPati

धनुषाको जनसंख्या पौने ९ लाख

टुडेपाटी–
जनकपुरधाम, माघ १९ गते ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नजिता अनुसार धनुषाको जनसंख्या पौने ९ लाख पुगेको छ । १० वर्षको अवधिमा यस जिल्लामा एकलाख भन्दा बढीले जनसंख्या वृद्धि भएको हो ।

तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार धनुषामा ८ लाख ७२ हजार ७ सय १३ जनसंख्या रहेको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार धनुषामा ७ लाख ५४ हजार ७ सय ७७ जनसंख्या रहेका थिए ।

Sponsored

दश वर्षको अवधिमा धनुषामा १ लाख १७ हजार ९ सय ३६ जनसंख्याको वृद्धि भएको हो ।

जनगणनामा गणक तथा सुपरिवेक्षकहरुले १ लाख ४६ हजार ४ सय ७० घरमा १ लाख ८० हजार ८ सय २९ परिवारको गणना गरेका छन् ।

जनगणनाको तथ्यांक अनुसार धनुषामा ४ लाख ३८ हजार ९ सय १ जना महिला र ४ लाख ३३ हजार ८ सय १२ जना महिला रहेकी छिन् । २०६८ मा भने ३ लाख ७८ हजार ५ सय ३८ पुरुष र ३ लाख ७६ हजार २ सय ३९ जना महिलाको गणना गरिएको थियो ।

Sponsored

धनुषामा जनकपुरधाम उपमहानगरपालिकामा सबैभन्दा बढी जनसंख्या रहेका छन् । यहाँ १ लाख ९५ हजार ४ सय ३८ जनसंख्या रहेको छ । त्यस्तै सबैला नगरपालिकामा ६२ हजार ५ सय १०, शहीदनगर नगरपालिकामा ५३ हजार ५ सय ४६, धनुषाधाम नगरपालिकामा ५३ हजार ३५, क्षिरेश्वरनाथ नगरपालिकामा ५३ हजार ३१, मिथिला नगरपालिकामा ४७ हजार ४ सय ८, कमला नगरपालिकामा ४५ हजार ४ सय ७७, हंसपुर नगरपालिकामा ४४ हजार ९ सय २९, गणेशमान चारनाथ नगरपालिकामा ४४ हजार ९ सय, मिथिला विहारी नगरपालिकामा ३८ हजार ८, नगराइन नगरपालिकामा ३७ हजार ९ सय ४९ र विदेह नगरपालिकामा ३७ हजार ८ सय ८१ जनसंख्या रहेका छन् ।

यस्तै लक्ष्मीनिया गाउँपालिकामा ३३ हजार २ सय १२, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा २९ हजार ३ सय ५१, जनकन्दिनी गाउँपालिकामा २८ हजार २ सय ६७, औरही गाउँपालिकामा २४ हजार ३ सय ३८, धनौजी गाउँपालिकामा २१ हजार ९ सय ६० र, बटेश्वर गाउँपालिकामा २१ हजार ४ सय ७३ जनसंख्या रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *