TodayPati

सीटीईभीटीको स्थगित परीक्षा फागुन ६ गतेदेखि हुने

टुडेपाटी–
काठमाडौं, माघ १९ गते ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले स्थगित गरेको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीलगायत विभिन्न कार्यक्रमहरुको प्रथम वर्ष दोस्रो खण्डका र तेस्रो वर्षको नियमित तथा आंशिकको परीक्षा फागुन ६ गतेदेखि हुने समय तालिका सार्वजनिक गरेको छ ।

Sponsored

यस्तै डिप्लोमा इन इन्जिनियरिङका कार्यक्रमहरु, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स लगायतका कार्यक्रमहरु प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षाहरु फागुन ६ गते बिहान ७ बजेदेखि हुने परिषद् परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

परिषद् नियन्त्रण कार्यलयले विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम ९दलित, मुस्लिम लोपोन्मुख जाति तथा भूकम्प प्रभावित० अन्तर्गतको परीक्षा फागुन ८ गतेदेखि हुने जनाएको छ ।

नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरी परीक्षा सञ्चालन हुनेछ ।

Sponsored

कोरोना संक्रमण बढेपछि माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा, २२ गते प्रि–डिप्लोमा तहको मौका परीक्षा र २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीतर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका कार्यक्रमको नियमित तथा पूरक परीक्षा स्थगित भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *