मधेश प्रदेश : कोरोना संक्रमणबाट २२ वर्षीय युवकको मृत्यु
टुडेपाटी–
वीरगञ्ज, माघ १९ गते ।
कोरोना संक्रमणबाट पर्सामा उपचाररत्त रहेका एक युवकको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा उपचाररत्त रहेका बाराको निजगढ नगरपालिका–३ बागदेवका २२ वर्षीय युवकको मृत्यु भएको हो ।
मंगलबार अपराहन्न साढे ४ बजे युवकको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।
भेनिटलेटरमा राखेर युवकको उपचार भइरहेको थियो ।
Sponsored