TodayPati

मधेशका पत्रकारहरुको स्वास्थ्य बिमा सम्बन्धि मापदण्ड तय गर्न समिति गठन

रासस-
जनकपुरधाम, माघ १९ गते ।

मधेश प्रदेश सरकार अन्तर्गतको आमसञ्चार प्राधिकरणले पत्रकारहरुको स्वास्थ्य बिमा सम्बन्धि मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ

प्राधिकरणले पत्रकारहरुको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा सरोकारबालाहरुसँग छलफल गरी १९ सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरेको हो ।

Sponsored

समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष, ८ वटै जिल्लास्थित नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष वा प्रतिनिधि, सामुदायिक रेडियो प्रशारक संघका प्रतिनिधि, व्यवसायिक रेडियोका प्रतिनिधि, टेलिभिजनका प्रतिनिधि, आमसञ्चार प्राधिकरणका प्रशासकीय अधिकृत, मिडिया काउन्सिलका प्रशासकीय अधिकृत र दुई जना बरिष्ठ पत्रकारलाई राखिएको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए ।

यस्तै सो समितिमा आमसञ्चार प्राधिकरणका अध्यक्ष यादव र मिडिया काउन्सिलका अध्यक्ष शिबहरि भट्टराईलाई आमन्त्रित सदस्यको रुपमा राखिएको जनाएको छ ।

आमसञ्चार प्राधिकरणले प्रदेशभरीका पत्रकारहरुको रु.७ लाखको स्वास्थ्य बीमा गराउने तयारी गरेको छ ।

Sponsored

प्राधिकरणका अध्यक्ष अनुसार उक्त बीमामा स्वास्थ्यका साथै पत्रकारहरुको दुर्घटना बीमा पनि समावेश गरिने छ ।

पत्रकार अस्वस्थ्य भएमा या दुर्घटना भएमा रु.१ लाखसम्मको खर्च गरिएको बीमाबाट व्यहोरिने र पत्रकार अशक्त भएमा या मृत्यु भएमा रु. ७ लाख प्रदान गरिने गरी बिमा गर्न लागिएको अध्यक्ष यादवले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *