मधेश प्रदेश : घरबाटै मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, माघ १८ गते ।
सर्लाहीमा घरबाटै मोटरसाइकल चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेका छन् ।
मोटरसाइकल चोरी भएको १० दिन पछि प्रहरीले तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ का २९ वर्षीय सुर्यदिप चौधरी, १९ वर्षीय रुपेश माझि मुसहर र वडा नं. १५ का २९ वर्षीय सोम बहादुर रेग्मी रहेका छन् । प्रहरीले तीनैजनालाई मेजरगंजबाट र मोटरसाइकल सोम बहादुर रेग्मीको घर बाट बरामद गरेको छ ।
माघ ७ गते राति करिब साढे १२ बजे सर्लाहीको लालबन्दी नगरपालिका–५ का ज्ञान बहादुर क्षेत्रीको आफ्नै घरको बरण्डामा पार्किङ गरी राखिएको प्र २–०३–००१ प १०१९ नम्बरको मोटरसाइकल चोरी भएपछि प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरीले मोटरसाइकल खोज्ने क्रममा सोमबार तिनैजनालाई पक्राउ गरेका छन् ।
Sponsored