सप्तरीबाट विभिन्न मुद्दामा २१ देखि ५ सय रुपैयाँ जरिवाना सुनाइएका ९ प्रतिवादी पक्राउ
टुडेपाटी-
सप्तरी, माघ १८ गते ।
सप्तरीबाट विभिन्न मुद्दाका फरार ९ जना आरोपी पक्राउ परेका छन् ।
सप्तरी जिल्ला अदालतबाट बिभिन्न मुद्दाहरु फैसला भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्ने गराउने अभियान अन्तर्गत ९ जनालाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
जिल्ल अदालत सप्तरीले जनही ५ सय जरिवाना साजय सुनाइएका सप्तरीको राजगढ गाउँपालिका ६ बस्ने राम किसुन खंग, शिव देव खँग, गर्भी खंग, राम सेवक खंग, हरी किसुन खंग र लोचन खंग रहेका छन् ।
त्यस्तै लुटपिट मुद्दामा २१ रुपैयाँ जरिवानाको सजाय सुनाइएका सप्तरीको डाक्नेश्वरी नगरपालिका २ बस्ने दयावती बिक, ५० रुपैयाँ सजाइ सुनाइएका स्थानीय बिरेन्द्र बिक र दुलारी देवी बिक रहेको डिएसपी काफ्लेले बताए ।
उनीहरुलाई जरिवाना तिराउन सोमबार नै सप्तरी जिल्ला अदालतमा हाजिर गरिएको उनले जानकारी दिए ।
Sponsored