TodayPati

सहायक वन अधिकृत पण्डितलाई कालोमोसो, आफै फोटो सार्वजनिक गर्दै दिए यस्तो चुनौती !

टुडेपाटी-
धनगढी, माघ १८ गते ।

कैलालीको पचमुडिया सवडिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि कालोमोसो दलिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने एक समूहले सहायक वन अधिकृत पण्डितलाई मोसो दलेका हुन् ।

Sponsored

घटना पश्चात सहायक वन अधिकृत पण्डित आफैंले उक्त तस्वीर सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक गर्दै औकात भए समाज रुपान्तरणको लागि खुल्ला बहसका लागि मोसो दल्नेहरुलाई चुनौती दिएका छन् ।

उनले चरित्रमा दाग नलागुन्जेलसम्म अनेक रंग पोतेर केही फरक नपर्ने उल्लेख गरेका छन् । आफ्नो चरित्रमा दाग नलागुन्जेलसम्म अनेकौं रंगहरु पोतेर खासै फरक नपर्ने भन्दै पण्डितले समाज रुपान्तरणको खुल्ला बहसमा आउन चुनौती पनि दिएका छन् । ’

चन्दा आतंकको विरोध गरेकाले विप्लवका कार्यकर्ताहरुले आफूमाथि दुर्व्यवहार गरेको पण्डितको भनाइ छ ।

Sponsored

उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा (विप्लव) समूहका कथित केही थान व्यक्तिहरुले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सवडिभिजन वन कार्यालयमा कार्यरत रहदाको अविस्मरणीय रहने छ ।’

समयले सबैको हिसाबकिताब गर्ने उनले थप लेखेका छन् , ‘देश र जनताका विरुद्ध गरेका मेरा कुनै पनि कार्यहरु छन् भने राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरु र जनअदालतको कठघरामा उभिन तयार छु । अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *