TodayPati

पत्रकार सुजित झाको ‘पुनि पुनि होत विवाह’ पुस्तक बजारमा

टुडेपाटी-
जनकपुरधाम, माघ १७ गते ।

युवा पत्रकार तथा मैथिली भाषाका साहित्यकार सुजीत कुमार झाको अनुसन्धान एवं विश्लेषणमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’ को सोमवार जनकपुरमा एक समरोहकाबीच लोकार्पण गरिएको छ ।

मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीको अध्यक्षता तथा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोद्धयको प्रमुख आतिथ्यमा ‘पुनि पुनि होत विवाह’ पुस्तकको लोकार्पण गरिएको हो ।

Sponsored

May be an image of 10 people and people sitting

पत्रकार झाको १०औं कृतिको रुपमा प्रकाशित सो पुस्तकमा सीताराम विवाह उत्सव सम्बन्धी विभिन्न ४९ वटा शिर्षकमा अनुसन्धान एवं विश्लेषण गरिएको छ । लोकार्पणसंगे यो पुस्तक अब बजारमा पाइने भएको छ ।

६ सय ८८ पृष्टमा समेटिएको यो पुस्तकमा सीताराम विवाह उत्सव र रामायणकालिन विभिन्न विषयहरुको अलग अलग विभिन्न शीर्षकमा अनुसन्धान र विश्लेषण गरिएको लेखक झाले बताए ।

सो पुस्तकको लोकार्पण समारोहमा मैथिलीको विद्धान तथा समालोचक रामचन्द्र झा ‘रमण’ ले टिप्पणी गरेका छन् ।

Sponsored

May be an image of 5 people, people standing and indoor

पुस्तक लोकार्पण समारोहमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास, उद्योग, पर्यटन तथा वन मन्त्रालयकी सचिव विन्दु कुमारी मिश्र, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, साहित्यकार अयोध्यानाथ चौधरी, गीतकार तथा पत्रकार अशोक दत्त, पर्यावरण अभियन्ता सुरेश शर्मा लगायतको वक्ताहरुले सो पुस्तकप्रति आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

उद्योग, पर्यटन तथा वन मनत्रालयले प्रकाशन गरेको सो पुस्तकको आवरण फोटो विजय दत्त ‘मणि’ को रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *