सप्तरीका आगलागी पीडित विपन्न दलित परिवारलाई टेवाको राहत
टुडेपाटी-
जनकपुरधाम, माघ १७ गते ।
आगलागीबाट घरसहित सम्पूर्ण सामाग्री नष्ट भएका मधेश प्रदेशका विपन्न दलित परिवारलाई खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।
सप्तरी जिल्ला सुरुगां नगरपालिका वडा नम्बर ७ चकदह सदा टोलका ७ मुसहर परिवार, सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिका ३ बरकुर्बाटोलका १ अति विपन्न परिवार, कविलासी नगरपालिका ७ सिर्सियाका १ विपन्न चमार परिवारलाई उक्त खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।
टेवाको आर्थिक सहयोग तथा भोरको पहल र व्यवस्थापनमा आगलागीबाट घरविहिन भएका विपन्न दलित ९ परिवारलाई खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।
चामल, दाल, नुन, खानेतेल, सोयाबिन, त्रिपाल, बालटिन, मग, खाना पकाउने भाडाकुडा तथा फाइबर सिरक सहितको सामाग्रीहरु उक्त खाधान्न तथा राहत प्याकेजमा समावेश गरिएको थियो ।
भाडाकुडा, खाधान्न र लताकपडा सम्पूर्ण समाग्री नष्ट भई सकेको अवस्थामा ती विपन्न परिवारहरुको जीवन निकै कष्टपूर्ण भएको तथ्य सुरुगां नगरपालिका वडा ७ का वडा अध्यक्ष शिव नारायण चौधरीले बताए ।
Sponsored
आगलागी प्रभावित भएर निकै कष्टपुर्ण अवस्थामा बांची रहेका परिवारलाई राहत गरेर टेवाले महत्वपूर्ण सहयोग गरेको कविलासी नगरपालिका निवासी तथा आगलागी पिडित जोगी महराले बताए ।