मास्क र सेनिटाइजर वितरण गरेर प्रेस सेन्टर धनुषाले मनायो स्थापना दिवस
टुडेपाटी-
जनकपुरधाम, माघ १७ गते ।
प्रेस सेन्टर नेपाल धनुषा शाखाले मास्क र सेनिटाइजर वितरण गरी १८ औं स्थापना दिवस मनाएको छ ।
कोरोना संक्रमणको महामारीबाट बच्न जनचेतना फैलाउने उद्देश्यले सेन्टरले धनुषाको विदेह नगरपालिका स्थित तीनकौरिया बाजारमा सर्वसाधारणलाई मास्क र सेनिटाइजर वितरण गरेको हो ।
प्रेस सेन्टर धनुष शाखाका अध्यक्ष संजिव मण्डलको अध्यक्षता तथा सेन्टरका मधेश प्रदेश अध्यक्ष किरण कर्णको प्रमुख आतिथ्यमा मास्क वितरण गरेर स्थापना दिवस मनाइएको हो ।
सो कार्यक्रममा स्थानीय प्रहरी, व्यवसायी, वुद्धिजिवी लगायतको सहभागिता रहेको थियो । प्रेस सेन्टर नेपालको स्थापना दिवस शनिबार भएपनि आवश्यक तयारी नहुँदा दुईदिनपछि सोमबार स्थापना दिवस मनाएको हो ।
Sponsored