मधेश प्रदेश : पसलबाट मोबाइल चोरी गर्ने पाँचजना पक्राउ
टुडेपाटी–
बारा, माघ १७ गते ।
बारामा मोबाइल चोरी गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नं. १ प्रसौनीका २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र २३ वर्षीय रम्तुलाह अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
तिनीहरुको साथबाट नयाँ मोबाइल सेट ९४ थान, ब्याट्री, चार्जर, राउटर र लागू औषध गाँजा ६ किलो ग्राम बरामद गरिएको छ ।
पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय बारामा राखी डाँका चोरी मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएका छन् ।
Sponsored