‘मधेश प्रदेशमा छोरी बिमा कार्यक्रम पुनः सुरु हुने’
टुडेपाटी–
जनकपुरधाम, माघ १७ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बन्द रहेको छोरी बिमा केही दिनभित्रै शुरु हुने बताएका छन् ।
आज जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशमा जन्मिने छोरीको बिमा कार्यक्रम आफूहरुले ल्याए पनि कर्मचारीको असहयोगका कारण निरन्तरता दिन नसकिएको बताए ।
प्रदेशमा अढाई बर्षदेखि बिमा बन्द रहेको छ ।
मुख्यमन्त्री राउतले कर्मचारीको असहयोगका वावजुद शुरुमा साढे ८ हजार छोरीको बिमा गर्न सफल भएको भन्दै उनले अढाई वर्षदेखि हुन नसकेको बिमा कार्यक्रम केही दिनभित्रै पुनःसञ्चालनमा ल्याइने बताए ।
उनले कक्षा ११ र १२ मा पढ्ने छोरीलाई ल्यापटप वितरण गरिने पनि बताए । मुख्यमन्त्री राउतले एक जिल्लाका १ हजार छोरीलाई ल्यापटप बितरण गरिने बताए ।
Sponsored